पेरिस सेन्ट-जर्मेनका स्ट्राइकर काइलियन एम्बाप्पे अहिलेनै संसारको एक उत्कृष्ट खेलाडी हुन् र ऊ केवल २१ वर्षका हुन्।
फ्रान्सेलीले ११५ खेलमा पिएसजीको लागि ८४ गोल र ४८ अस्सिस्त गरिसकेका छन्। उनको प्रतिभाको कारण धेरै ठुलो क्लबहरुले उनि माथि चासो राख्दै आएको छ भने पिएसजी पनि उनलाई क्लब छोड्न बाट रोक्न सबै गर्न तयार छ।
Kylian Mbappe to get a HUGE new PSG contract? 👀
Moussa Dembele to Man Utd? 🤔
Dean Henderson to Ligue 1? 😱
The latest transfer gossip is in.
👉 https://t.co/F6m6FMc2fZ#bbcfootball pic.twitter.com/8zW59I9lyh
— BBC Sport (@BBCSport) February 14, 2020
केहि दिन अघि एम्बाप्पे र टुचेल बीचको विवादले पनि उनको क्लब छोड्ने सम्भावना बढेको थियो।
विशेष गरी रियल म्याड्रिडले उनलाई साइन गर्न चासो देखाउंदै आएको छ र आउँदो गर्मीमा उनको लागि प्रस्ताव राख्ने खबर छ, यस बारे सचेत रहेका पिएसजी पनि उनलाई क्लबमै राख्न उनको अगाडि ठुलो सम्झौता विस्तारको प्रस्ताव राख्ने खबर छ।
PSG plan to offer Kylian Mbappe €51m-per-year contract in response to Real Madrid interest
Roughly around £42m so that would be roughly around 800k a week
That is bloody insane, that’s around what a lot of us will earn in our life time
— Instant Football (@InstantFootieUK) February 13, 2020
खबर अनुसार पिएसजीले उनलाई प्रति वर्ष €५१ मिलियनको प्रस्ताव राख्ने, छ जसको अर्थ उनको तलब मेस्सी र क्रिस्टियानो रोनाल्डोको स्तरको हुने छ।
उनले सो प्रस्ताव स्वीकार गर्ने हो भने उनको तलब नेमारको भन्दा बढी हुने छ, नेमारको हालको तलब €३६ मिलियन प्रति वर्ष रहेको छ।
खबर छ फ्रान्सेलीको हालको तलब प्रति वर्ष €१५ मिलियन रहेको छ।