पिएसजीका फ्रेन्च सुपरस्टार किलियन एम्बाप्पेको नयाँ क्लब रियल म्याड्रिड हुने धेरै चर्चा छ। किलियन रियलमा खेल्न इच्छुक छन् भने रियलले पनि उनलाई भित्राउने पूर्ण प्रयास गर्दै गर्दा रियलका कोचले सो ’bout बोलेका छन्।
🚨🎙| Ancelotti: “Benzema said Mbappé will play for Madrid? May Mbappé enjoy it because Madrid is the biggest club in the world.”
— Madrid Xtra. (@MadridXtra) October 2, 2021
रियल म्याड्रिडले पिएसजीका स्ट्राइकर एमबाप्पेलाई साइन गर्न प्रयास गरे आफू अचम्म नहुने प्रशिक्षक कार्लो एन्सेलोटीले बताए। क्लबका स्टार स्ट्राइकर बेन्जेमाले एम्बाप्पे अन्ततः रियल खेल्ने छन् भनेर दाबी गरेका थिए र उक्त दाबीको समर्थन गर्दै एन्सेलोटीले बोलेका छन्।
“यो राम्रो हो,” उनले बेन्जेमाको टिप्पणीको जवाफमा भने।
“मलाई आशा छ कि एमबाप्पेले योबाट खुसी पाउनेछन् किनकि रियल म्याड्रिड संसारको सबैभन्दा ठुलो क्लब हो र उनलाई यो थाहा छ। ”
➖ Mbappe at Real Madrid
➖ The Sheriff defeat
➖ Even Atletico vs BarcelonaAncelotti discussed a lot in today’s press conference. https://t.co/dNyk0hsCVP
— MARCA in English (@MARCAinENGLISH) October 2, 2021
ट्रान्सफर विन्डोमा रियलले एम्बाप्पे साइन गर्न धेरै प्रयास गरे पनि पिएसजीले उनलाई क्लब छोड्नबाट रोकेको थियो भने अर्को वर्ष रियलले उनलाई साइन गर्ने धेरै चर्चा छ।
एम्बाप्पे पनि रियलमा खेल्न चाहन्छन् भने पिएसजी सँग उनले आफ्नो सम्झौता विस्तार गरेका छैनन् जसको कारण उनी फ्री एजेन्टको रुपमा रियल जाने सम्भावना धेरै रहेको छ।