एम्बाप्पेलाई ठुलो तलब दिने रियलको योजन

ला लिगा क्लब रियल म्याड्रिड पिएसजीका युवा स्टार किलियन एम्बाप्पे साइन गर्न धेरै इच्छुक रहेको छ भने अर्को वर्ष उनलाई रियलले फ्री एजेन्टमा साइन गर्ने धेरै चर्चा हुँदै गर्दा उनलाई ठुलो तलब दिने रियलले अहिले नै योजन बनाएको जानकारी छ।

खबर अनुसार उनलाई प्रति सिजन €३० मिलियन तलब दिने रियलको योजन रहेको छ। एम्बाप्पेलाई साइन गर्ने रियलको योजन यो ट्रान्सफर विन्डोमा भने असफल रहे पनि अर्को वर्ष उनलाई साइन गर्ने रियलले आफ्नो इच्छा स्पष्ट बनाएको छ र उनलाई ठुलो तलब दिन पनि रियल तयार हुने देखा परेको छ।

एम्बाप्पे पनि रियलमा खेल्न धेरै इच्छुक छन्। रियल आफ्नो सपनाको क्लब रहेको उनले दाबी गर्दै आएको छन् भने यो ट्रान्सफर विन्डो नै उनी रियलमा जाने धेरै इच्छुक थिए तर पिएसजीले उनको ट्रान्सफर ब्लक गरे पछि उनी यो अर्को वर्ष सम्म पिएसजीमै हुने भएका छन्।

पिएसजी पनि उनलाई क्लबमा राख्न इच्छुक रहेको धेरै चर्चा छ। हाल सम्म दुई बिच सम्झौता विस्तार भएको छैन जसको कारण एम्बाप्पे अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छोड्ने सम्भावना बलियो रहेको छ भने उनलाई क्लबमै राख्न पिएसजी पनि उनको तलब बढाउन तयार हुने खबर छ।