“एम्बाप्पेलाई क्लब छोड्नबाट रोक्ने छैनौं”

Paris Saint-Germain's French forward Kylian Mbappe reacts after missing a goal opportunity during the French L1 football match between Paris Saint-Germain and Montpellier at the Parc des Princes stadium on February 20, 2019. (Photo by Thomas SAMSON / AFP) (Photo credit should read THOMAS SAMSON/AFP/Getty Images)

यो ट्रान्सफर विन्डो ला लिगा क्लब रियल म्याड्रिडले पिएसजीका युवा स्टार किलियन एम्बाप्पेलाई साइन गर्न प्रयास गर्दै गरेको छ र पिएसजीले उनलाई क्लब छोड्नबाट नरोक्ने खबर छ। रियलले उनको लागि १६० मिलियन युरोको प्रस्ताव गरेको थियो जुन पिएसजीले अस्वीकार गरे पनि सही प्रस्ताव आए उनलाई बेच्ने पिएसजीले स्पष्ट गरेको छ।

२२ वर्षका फ्रेन्च फोवार्डले हाल सम्म पिएसजी सँग सम्झौता विस्तार गरेका छैन र रियलमा खेल्ने आफ्नो इच्छा उनले स्पष्ट गर्दै आएका छन् भने पिएसजीले उनलाई नरोक्ने भनेर क्लबका खेल निर्देशक लियोनार्डोले दाबी गरेका छन्।

“किलियन एम्बाप्पे रियल म्याड्रिडमा खेल्न चाहन्छन् र हामी उनलाई रोक्ने छैनौँ। हामीले म्याड्रिडको पहिलो प्रस्तावलाई अस्वीकार गर्‍यौ, तर यदि हाम्रा सर्तहरू पूरा हुन्छ भए, हामी हेर्नेछौँ।”- पिएसजीका खेल निर्देशक लियोनार्डोले बताए।

“रियल म्याड्रिडको आधिकारिक प्रस्ताव हामीले चाहेको भन्दा धेरै कम छ, यो लगभग €१६० मिलियन छ। यो हामीले २०१७ मा उनको लागी तिरेको भन्दा कम छ”

हामी खुसी छैनौँ। तर यदि एक खेलाडी क्लब छोड्न चाहन्छ भने हामी उसलाई पछाडि समात्दैनौँ। उहाँ हाम्रो सर्तहरू छोड्न सक्नुहुन्छ।”

रियलमा खेल्ने आफ्नो सपना रहेको एम्बाप्पेले दाबी गर्दै आएका छन् र यो ट्रान्सफर विन्डो नै उनी क्लब छोड्न तयार हुने खबर छ र यो ट्रान्सफर विन्डो उनको ट्रान्सफर असफल रहे उनले अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छोड्ने छन्।