पूर्व पिएसजी स्टार ज्लाटन इब्राहिमोभिकले फ्रेन्च युवा स्टार एम्बाप्पेले रियल म्याड्रिडको प्रस्ताव अस्वीकार गर्दै पेरिसमा बस्ने निर्णयमा प्रश्न उठाएका छन् र उनको आमाबाबुलाई चुप लाग्न सुझाव दिँदै एम्बाप्पेको अनुशासन वारे पनि बोलेका छन् ।
🎙️| Zlatan Ibrahimovic: “Mbappé did NOT make the right decision for him by staying at PSG.” #rmalive
— Madrid Zone (@theMadridZone) November 3, 2022
पूर्व पिएसजी स्ट्राइकरले एम्बाप्पेको रियल म्याड्रिडलाई अस्वीकार गर्ने निर्णयमा आफ्नो विचार दिएका छन् भने आफ्नो करियरको विकास गर्न उनले रियल जाने निर्णय लिनु पर्ने ज्लाटनको विश्वास रहेको छ ।
“एम्बाप्पेले पेरिसको लागि सही छनौट गरे आफ्नो लागि होइन। किनभने उनले आफूलाई यस्तो अवस्थामा राखे जहाँ उनी क्लब भन्दा बढी महत्त्वपूर्ण भएका छन् र क्लबले उनलाई त्यसको लागि साँचो दिएको छ। तर तपाई कहिल्यै क्लब भन्दा ठुलो हुनुहुन्न। तर जब एक बच्चा बलियो हुन्छ, उसले सजिलै पैसा कमाउन सक्छ।”- ज्लाटनले एम्बाप्पेको वारे बोल्दै भने।
🎙️| Zlatan Ibrahimovic: “Mbappé stayed & put himself in a situation where he is bigger than the club (…) When you lose your discipline, you lose your identity.” @CanalplusFoot #rmalive
— Madrid Zone (@theMadridZone) November 3, 2022
“त्यसैले उनको आमाबाबु वकिल, एजेन्ट, कोच बनेका छन् । एक चीजबाट तिनीहरू अर्को बन्छन्। र यो समस्या हो। जब तपाईँ आफ्नो आत्म-अनुशासन गुमाउनुहुन्छ र तपाईँ आफूलाई गुमाउनुहुन्छ। हाल यो नयाँ पुस्तामा खेलाडीका बुबा, आमा खेलाडी जस्तै स्टार हुन चाहन्छन् र उनीहरू मिडिया सँग कुरा गर्छन्। तर उनीहरू आफूलाई को भन्ने ठान्नुहुन्छ? उनीहरू चुप लग्नु पर्छ। यो तपाईँको छोरा, खेलाडीले काम गर्ने र अनुशासनमा भर पर्छ।”
🎙️| Zlatan Ibrahimovic: “Mbappé stayed & put himself in a situation where he is bigger than the club (…) When you lose your discipline, you lose your identity.” @CanalplusFoot #rmalive
— Madrid Zone (@theMadridZone) November 3, 2022
ज्लाटनले थपे: “एम्बाप्पे, एक व्यक्तिको रूपमा म उहाँलाई राम्रोसँग चिन्दिन। एक खेलाडीको रूपमा, उहाँ उत्कृष्ट हुनुहुन्छ। तर जब तपाईँले अनुशासन गुमाउनुहुन्छ, तपाईँले आफ्नो पहिचान गुमाउनुहुन्छ। जिदान, जिदान हुनुको कारण छ। एमबाप्पे उहाँको नक्कल गर्न चाहन्छन्? त्यसको लागि उनले प्रगति गर्न चाहना हुनु पर्छ आफूबाट सन्तुष्ट हुनु हैन।”