एम्बाप्पेको सट्टा यी ३ खेलाडीमा हुन सक्छ रियल म्याड्रिडको नजर

ला लिगा क्लब रियल म्याड्रिड धेरै समय देखि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई साइन गर्ने प्रयासमा रहेको छ तर सो प्रयास सफल नभए पछि रियलले आफ्नो नजर अन्य विकल्पमा लग्न सक्ने रिपोर्ट रहेको छ।

आउँदो ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले एम्बाप्पेलाई फेरी साइन गर्न प्रयास गर्ने धेरै चर्चा भए पनि एम्बाप्पेले अर्को सिजन पनि आफू फ्रेन्च क्लब पिएसजी मै खेल्ने स्पष्ट गरे पछि रियल म्याड्रिड अन्य विकल्पको खोजीमा हुने जानकारी रहेको छ र रियलको नजर ३ खेलाडीमा रहेको जानकारी छ।

रिपोर्ट अनुसार रियलले एम्बाप्पेको विकल्पको रुपमा भिक्टर ओसिमहेन, डुसान भ्लाहोभिक र रान्डल कोलो मुआनी मध्ये एकलाई साइन गर्न प्रयास गर्न सक्ने छ।

भिक्टर ओसिमहेन
भिक्टर ओसिमहेन इटालियन क्लब नापोलीका स्टार स्ट्राइकर हुन् भने उनले आफ्नो क्लब नापोलीलाई इटालियन सिरी ए लिग उपाधि जिताउन मद्दत गरे पछि धेरै ठुलो क्लबहरूको नजर उनी माथि पर्न सुरु भएको छ। २०२०मा नापोलीमा आएका नाइजेरियन स्टारको फम निकै उत्कृष्ट रहेको छ भने उनले हाल सम्म नापोलीको लागि १०० खेल खेल्दै ५८ गोल र १४ असिस्ट गरेका छन् र यो सिजन उनले नापोलीलाई लिग जिताउन मद्दत गरे।

रिपोर्ट अनुसार ओसिमहेन माथि रियल सहित म्यानचेस्टर युनाइटेड र अन्य क्लबहरूको पनि नजर रहेको छ र उनको लागि नापोलीले €१५० मिलियन सम्मको माग गर्न सक्ने खबर छ।

डुसान भ्लाहोभिक
इटालियन क्लब युभेन्टसका स्टार स्ट्राइकर डुसान भ्लाहोभिक पनि रियल म्याड्रिडको नजरमा रहेको जानकारी छ। २०२२मा मात्र युभेन्टस आएका भ्लाहोभिकको खेल युभेमा राम्रो रहे पनि यो सिजन युभे धेरै विवादास्पद विषयहरुमा परे पछि भ्लाहोभिक क्लब छोड्न इच्छुक रहेको रिपोर्ट छ।

युभेन्टसको लागि उनले ६३ खेलमा २३ गोल र ६ असिस्ट गरेका छन्। उनलाई साइन गर्न प्रिमियर लिग क्लब चेल्सी पनि इच्छुक रहेको जानकारी छ भने रियल म्याड्रिडको नजर पनि उनी माथि भएको रिपोर्ट आएको छ।

रान्डल कोलो मुआनी
जर्मन क्लब फ्रान्कफर्ट इन्ट्राक्टका स्टार फ्रेन्च स्तारिकर रान्डल कोलो मुआनीको प्रदर्शन यो सिजन निकै उत्कृष्ट रह्यो जसको कारण धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि पर्न सुरु भएको छ जसमा ला लिगा क्लब रियल म्याड्रिड पनि रहेको रिपोर्टले जनाएको छ।

यो सिजन उनले फ्रान्कफर्टको लागि कुल ४५ खेल खेल्दै २३ गोल र १७ असिस्ट गरेका छन्। रियल सहित बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको पनि नाम उनी सँग जोडिएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ