एम्बाप्पेको विकल्पको रूपमा स्टार विंगर साइन गर्न पिएसजी इच्छुक

फ्रेन्च क्लब पिएसजी डार्टमन्डका स्टार विंगर जेडन सान्चो साइन गर्न इच्छुक रहेको खबर छ। म्यान्चेस्टर युनाइटेडले धेरै पटक जेडन सान्चोलाई साइन गर्न प्रयास गरे पनि असफल रहेको थियो भने हाल खबर अनुसार पिएसजी पनि उनलाई साइन गर्ने दौडमा सामेल हुने छ।

डार्टमन्डले उनको लागि €१२० मिलियनको माग गर्दै आएको थियो जसको कारण युनाइटेड उनलाई साइन गर्न असफल रहेको थियो। हाल उनको मूल्य घट्न सक्ने जानकारी छ।

यस बिच, अब पिएसजीले पनि उनी माथि आफ्नो निगरानी राख्न सुरु गरेको खबर छ।

एथलेटिकका अनुसार रिपोर्ट पिएसजीका प्रमुख लियोनार्डो उक्त स्टार विंगर साइन गर्न इच्छुक छन् । किलियन एम्बाप्पेले क्लब छोडे सान्चोले उनको ठाउँ लिन सक्ने लियोनार्डोको विश्वास रहेको छ।