एम्बाप्पेको विकल्पको रुपमा पिएसजीले इन्टरका स्टार खेलाडी साइन गर्न सक्ने

पेरिस सेन्ट-जर्मेनले एम्बाप्पेको प्रतिस्थापनको रूपमा इन्टरका स्टार खेलाडीलाई हेरेको खबर छ। खबर अनुसार पिएसजीले लौटारो मार्टिनेजलाई एम्बाप्पेको विकल्पको रुपमा साइन गर्ने योजना बनाएको छ।

एम्बाप्पेको सम्झौता फ्रान्सेली च्याम्पियन संग अर्को सिजनको अन्त मा समाप्त हुने छ र त्यस्को मतलब एम्बाप्पेलाई पिएसजीले जनवरी वा अर्को गर्मीमा बेच्नु पर्ने छ अन्यथा उनि फ्री एजेन्टको रुपमा अन्य क्लब जान स्वतन्त्र हुने छन्।

एम्बाप्पे रियल जान सक्ने धेरै चर्चा हुदै गरेको छ र पिएसजीले एम्बाप्पेलाई क्लब राख्न नसके उनको विकल्पको योजना पनि बनाइसकेको खबर छ।

मार्टिनेज र इन्टर बीचको सम्झौतामा २०२३ सम्म रहेको छ र उनको रिलिज क्लज €१११ मिलियन रहेको छ। एम्बाप्पेलाई बेचेको रकमबाट पिएसजीले उनलाई किन्न सक्ने छ तर पिएसजीले अन्य क्लब संग पनि प्रतिस्पर्धा गर्नु पर्ने हुने छ। खबर अनुसार बार्सा पनि उनलाई साइन गर्न इच्छुक रहेका छन्।