एम्बाप्पेको लागि रियल म्याड्रिडको ढोका अझै खुल्ला 

पिएसजीका सुपरस्टार केलियन एम्बाप्पेको लागि स्पेनिस क्लब रियल म्याड्रिडको ढोका अझै खुल्ला रहेको रिपोर्ट आएको छ।

एम्बाप्पे पिएसजी छोडेर रियल म्याड्रिडमा जान धेरै नजिक रहेका थिए तर अन्तिम समयमा उनले क्लब सँग सम्झौता विस्तार गर्दै पिएसजीमा रहने निर्णय लिए अब रियलले एम्बाप्पेलाई साइन नगर्ने चर्चा भएको थियो ।

हाल रिपोर्ट अनुसार रियल म्याड्रिडका अध्यक्ष पेरेज क्लबमा रहे सम्म एम्बाप्पेको लागि रियलको ढोका खुल्ला हुने स्पेनिस मिडियाले जनाएको छ।

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले आउँदो जनवरीको ट्रान्सफर विन्डोमा क्लब छोड्न इच्छुक हुन सक्ने सम्भावना रहेको बेला रियलमा उनको लागि ढोका बन्द भैसकेको चर्चा भएको थियो तर रियल म्याड्रिडको ढोका अझै पनि खुल्ला रहेको जानकारी छ।

सिजन सुरु हुन अगाडी रियल म्याड्रिड एम्बाप्पेलाई साइन गर्न धेरै नजिक रहेको थियो तर अन्तिम समयमा एम्बाप्पेले रियलको प्रस्ताव अस्वीकार गर्दै पिएसजी सँग सम्झौता विस्तार गरेका थिए भने सो कुराबाट रियल खुसी रहेको थिएन भने अब रियलले उनलाई फेरी साइन गर्न प्रयास नगर्ने चर्चा भएको थियो तर रियलको ढोका अझै एम्बाप्पेको लागि खुल्ला हुने भनेर स्पेनिस मिडियाले जनाएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ