एम्बाप्पेको लागि रियलले पठायो अन्तिम प्रस्ताव- पिएसजीले स्वीकार गर्न सक्ने 

ला लिगा क्लब रियल म्याड्रिडले पिएसजीका युवा स्टार किलियन एम्बाप्पेको लागि अन्तिम प्रस्ताव पठाएको जानकारी छ। खबर अनुसार रियलले हाल १७० मिलियन युरो र थप १० मिलियन युरोको प्रस्ताव गरेको खबर छ। खबर अनुसार २२ वर्षका फ्रेन्च फोवार्डको लागि रियलको यो अन्तिम प्रस्ताव हुने छ यो भन्दा पहिले रियलले १६० मिलियन युरोको प्रस्ताव गरेको थियो जुन पिएसजी अस्विकार गरेको थियो।

हाल सम्म पिएसजी सँग किलियाँले सम्झौता विस्तार गरेका छैन र अर्को वर्ष उनी फ्री एजेन्ट हुने छन् र अहिलेनै उनलाई बेच्न पर्ने दबाबमा पिएसजी रहेको छ भने एम्बाप्पेले रियलमा खेल्ने आफ्नो इच्छा उनले स्पष्ट गर्दै आएका छन् भने रियलले पनि एम्बाप्पेलाई भित्राउने आफ्नो चाहना स्पष्ट गर्दै आएको छ।

अर्को वर्ष उनलाई फ्री एजेन्टमा गुमाउन बाध्य हुनबाट बच्न पिएसजीले उनलाई अहिले बेच्न सक्ने छ र रियलको नयाँ प्रस्ताव पिएसजीले स्वीकार गर्न सक्ने जानकारी छ। रियलले उनको लागि १६० मिलियन युरोको प्रस्ताव गरेको थियो जुन पिएसजीले अस्वीकार गरे पनि सही प्रस्ताव आए उनलाई बेच्ने पिएसजीले स्पष्ट गरेको छ।

रियलमा खेल्ने आफ्नो सपना रहेको एम्बाप्पेले दाबी गर्दै आएका छन् र यो ट्रान्सफर विन्डो नै उनी क्लब छोड्न तयार हुने खबर छ र यो ट्रान्सफर विन्डो उनको ट्रान्सफर असफल रहे उनले अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छोड्ने छन्।