हाल रियल म्याड्रिड र लिभरपूल किलियन एम्बाप्पे साइन गर्न इच्छुक छन् र खबर अनुसार सिजनको अन्त्यमा उनले आफ्नो क्लब संग आफ्नो गन्तव्य बारे वार्ता गर्ने छन्।
PSG star Kylian Mbappe ‘talks to Liverpool about Anfield transfer’ with Jurgen Klopp keen #PSG #LFC https://t.co/kZVMqJtOfG
— Express Sport (@DExpress_Sport) January 7, 2021
खबर अनुसार युवा फ्रेन्च स्टार किलियन एम्बाप्पे लिभरपूल जाने बारे नकारात्मक छन् र उनले आफ्नो मन पर्ने क्लब रियल म्याड्रिडको चासो बारे पिएसजी संग वार्ता गर्ने छन्। ।
फ्रान्समा एम्बाप्पेको वर्तमान सम्झौता २०२२मा अन्त्य हुने छ र नयाँ कोच मौरिसियो पोचेटिनो उनलाई क्लबमै राख्न उत्सुक छन्, तर सम्झौता विस्तारमा हस्ताक्षर हुन बाँकी भएको बेला रियल र लिभरपूलको निगरानी उनि माथि तिब्र भएको थियो भने खबर अनुसार उनको नयाँ गन्तव्य रियल हुने छ।
स्पेनिश वेबसाइट ओकडाइरियोका अनुसार लिभरपूलको आफु प्रतिको चासोको एम्बाप्पेले नकारात्मक जवाफ दिएका छन। खबर अनुसार एम्बाप्पे सिजनको अन्त्यमा म्याड्रिडको चासोको बारेमा पिएसजीका मालिक नासर अल-खलयफी र खेल निर्देशक लियोनार्डोसँग वार्ता गर्न चाहन्छन्।
रियल उनलाई साइन गर्न धेरै इच्छुक छन् र एम्बाप्पे पनि रियलमा सामेल हुन उत्सुक देखिन्छन।