पिएसजीका किलियन एम्बाप्पे फुटबल एक स्टार बन्न सफल भएका छन् भने धेरै क्लब उनलाई भित्राउन इच्छुक छन्।
PSG are ready to offer Mbappé a salary of € 30M/year to renew his contract.
Real Madrid & Liverpool are both interested in him but cannot offer him such a high salary.
[L’Equipe] pic.twitter.com/N8npj3UxrQ
— Footy Accumulators (@FootyAccums) March 19, 2021
उनको प्रदर्शन निकै राम्रो रहेको छ भने उनी भविष्यको सबैभन्दा ठुलो स्टार मध्ये एक हुने धेरैको विश्वास छ। उनको नाम रियल म्याड्रिड, लिभरपुल र म्यानचेस्टर सिटी जस्तो क्लब सँग जोडिने क्रम जारी रहेको छ तर उनलाई क्लबमा राख्न सस्तो हुने छैन।
खबर अनुसार उनको तलब माग निकै धेरै हुने छ जुन तिर्न ठुलो क्लबहरूलाई पनि गाह्रो हुने छ र अहिलेको महामारीको अवस्थामा झन् क्लबहरूलाई आर्थिक समस्या रहेको छ।
Leonardo believes Mbappe and Neymar will stay at PSG… Because no-one can afford their wages 💰 https://t.co/L7AVzLnqfz pic.twitter.com/XlydHUxO5F
— MARCA in English (@MARCAinENGLISH) January 20, 2021
पिएसजी उनलाई क्लब मै राख्न इच्छुक छन् र उनलाई प्रति वर्ष €३० मिलियनको तलब दिन तयार छन् जुन रियल र लिभरपुलले तिर्न नसक्ने खबर छ र उक्त दुई क्लब उनलाई साइन गर्ने मुख्य दाबेदार रहेको धेरैको विश्वास छ। पिएसजीको तलबको प्रस्ताव सँग प्रतिस्पर्धा गर्न सक्ने कुनै क्लब नरहेको खबर छ।
एम्बाप्पेले प्रति हप्ता £६००,००० सम्मको तलब माग गर्ने सक्ने कुरा छ जुन पिएसजीले तिर्न सके पनि अन्य कुनै क्लबले तिर्न नसक्ने चर्चा छ। उनी आफ्नो मन पर्ने क्लब जान आफ्नो तलबलाई कम गर्न इच्छुक हुन सक्ने पनि चर्चा छ तर पिएसजीले दिन सक्ने जस्तो तलब अन्य क्लबले पुरा गर्न सक्ने छैन जसको कारण उनी पिएसजी मै रहने धेरै सम्भावना रहेको छ ।