‘एम्बाप्पेको ठुलो तलब मागको कारण धनी क्लबहरू पनि चिन्तित’

हाल पिएसजीका किलियन एम्बाप्पे फुटबल एक स्टार बन्न सफल भएका छन् भने धेरै क्लब उनलाई भित्राउन इच्छुक छ।

उनको प्रदर्शन निकै राम्रो रहेको छ भने उनी भविष्यको सबैभन्दा ठुलो स्टार मध्ये एक हुने धेरैको विश्वास छ। उनको नाम रियल म्याड्रिड र म्यानचेस्टर सिटी जस्तो क्लब संग जोडिने गरेको छ भने हाल खबर अनुसार उनको तलब मागको कारण ठुलो क्लबहरू पनि चिन्तित रहेका छन्।

खबर अनुसार एम्बाप्पेले प्रति हप्ता £६००,००० सम्मको तलब माग गर्ने कुरा  म्यान सिटीले उनको लागि सो ठुलो खर्च नगर्ने बताएका छन्। सिटी एम्बाप्पेको प्रशंसक हुन्, उनले यस सिजन मा सबै प्रतियोगिताहरू मा २५ गोल गरेका छन्, तर उनको तलब अपेक्षाले ड्रेसिङ रुम मा समस्या पैदा हुन सक्ने पनि सिटीको डर रहेको कुरा छ। सिटीले उनको सट्टा डर्टमण्डका स्टार हाल्याण्डमा प्राथमिकता दिने कुरा छ।

 

रियाल म्याड्रिड उनलाई साइन गर्ने मुख्य दाबेदारको रूपमा रहेको छ भने लिभरपुलले पनि उनलाई साइन गर्न प्रयास गर्ने खबर छ तर उनको तलब मागको कारण ठुलो र धनी क्लबहरूलाई पनि गाह्रो हुने कुरा रहेको छ।