एम्बाप्पेको ‘इगो’ले टिमलाई नराम्रो असर गरेको पूर्व फ्रेन्च स्टारको दाबी

किलीयन एम्बाप्प्पेको ‘ओभरसाइज इगो’को कारण फ्रान्सको लागि युरो २०२० मा समस्या बनेको पूर्व पेरिस सेन्ट-जर्मेन र फ्रान्सका खेलाडी जेरोम रोथेनको दाबी छ। युरो सुरु हुन अगाडी टिममा एम्बाप्पे र जिरूड बिच केही तनाव भएको थियो र सो ’bout धेरै चर्चा पनि भएको थियो।

युरोको समूह चरणमा उनीबाट सोचे अनुरूप खेल भएको छैन र समूह चरणको प्रत्येक खेल खेले पनि उनले अझै गोल गरेका छैनन्। पूर्व फ्रेन्च स्टार जेरोम रोथेनले एम्बाप्पेको आलोचना गरे भने उनको इगोको कारण टिमलाई असर गरेको दाबी गरे।

“मलाई लाग्छ कि डिडिएर डेस्चेम्प्सले यो कुरालाई लामो समय सम्म व्यवस्थापन गर्न सक्दैनन् र यो समस्याग्रस्त छ। यो आश्चर्यजनक कुरा हो कि उनले एम्बाप्पेलाई धेरै चीज गर्न दिएका छन्।

“यो पिचमा उनको प्रदर्शनमा देख्न सकिन्छ। आज, हामी यो भन्न सक्दैनौँ कि एम्बाप्पेको हाल सम्म यो सफल युरो रहेको छ।

“के युरोमा उनको खेल पिएसजीमा जस्तो राम्रो रहेको छ? मलाई लाग्दैन।

“हामी एम्बाप्पे सँग धेरै राम्रो आशा गर्छौँ। सबैलाई लाग्छ कि उनी युरोपको सर्वश्रेष्ठ खेलाडी हुन्। तर यदि तपाईँले उनलाई तत्काल त्यो श्रेणीमा राख्नु हुन्छ भने युरोमा उनको खेलबाट तपाई सन्तुष्ट हुनुहुन्न।”