एम्बापेलाई प्रतिस्थापन गर्न सक्ने खेलाडी पि.एस.जिद्वारा पहिचान

MCCCMWMCB
एजेन्सी, फ्रेन्च क्लब पि.एस.जिका युवा स्टार खेलाडी किलियन एम्बापेले क्लब छाडे उनलाई प्रतिस्थापन गर्न सक्ने खेलाडी पि.एस.जिले पहिचान गरेका छन्। रिपोर्टका अनुसार एम्बापेले क्लब छाडे पि.एस.जि इङलिस क्लब एभर्टनका खेलाडी रिचार्लिसन भित्र्याउन प्रयास गर्नेछन्।

एम्बापे अर्को वर्ष सम्मका लागि मात्र पि.एस.जिमा अनुबन्ध छन् र त्यसपछि क्लबले उनलाई फ्री ट्रान्सफरमा गुमाउन सक्ने हुँदा उनले यो ट्रान्सफर सिजन पि.एस.जि छाड्न सक्ने सम्भावना रहेको छ। रिपोर्टका अनुसार पि.एस.जि उनलाई बेच्न इच्छुक छैनन् भने एम्बापे पनि आफ्नो क्लबसँगको सम्झौता नविकरण गर्न इच्छुक देखिदैनन्।

रिपोर्टका अनुसार एम्बापेका लागि रियल मड्रिडले १६० मिलियन युरोको प्रस्ताव गरिसकेका छन्। २२ वर्षका युवा फ्रेन्च खेलाडी किलियन एम्बापे १४५ मिलियन तथा थप ३५ मिलियन युरोमा मोनाकोबाट पि.एस.जिमा अनुबन्ध भएका थिए।