एम्बप्प्पेलाई पिएसजीमै रहन रामोसको आग्रह

GRAF8014. MADRID, 26/11/2019.- El defensa del Real Madrid Sergio Ramos (i) saluda a Mbappé, del Paris Saint Germain, al término del partido de la quinta jornada de la fase de grupos de la Liga de Campeones disputado esta noche en el estadio Santiago Bernabéu, en Madrid. EFE/Rodrigo Jiménez

पिएसजीका नयाँ स्टार डिफेन्डर सर्जियो रामोसले क्लबका युवा स्टार किलियन एम्बाप्पेलाई पिएसजी नछोड्न आग्रह गरेका छन्। एम्बाप्पे रियल म्याड्रिड जान सक्ने धेरै चर्चा रहेको छ तर रियलका लेजेण्डको रुपमा रहेका रामोसले उनलाई रियलको प्रस्ताव अस्वीकार गर्न र पिएसजीमै रहन आग्रह गरेका छन्।

रियलमा खेल्ने एम्बाप्पेको सपना रहेको छ र उक्त सपना कुनै दिन साकार गरे पनि हाल पिएसजी नछोड्न रामोसले उनलाई सल्लाह दिएका छन्। रामोसले एक प्रेस सम्मेलनमा स्पेनिस मिडियालाई भने, “अरूले के गर्नु पर्छ भनेर म भन्दै बस्न सक्दिन तर मेरो अनुभवको आधारमा मैले एम्बाप्पेलाई व्यक्तिगत रूपमा केही सल्लाह दिन सक्छु।”

“म उनी पिएसजीमा खेल्दै गरेको देख्न चाहन्छु किनकि मलाई राम्रो खेलाडीहरू सँग खेल्न मन पर्छ।

“जब तपाईँ क्लबमा बस्ने वा जाने निर्णय गर्नुहुन्छ, यो धेरै व्यक्तिगत हुने गर्छ।”

“मलाई थाहा छैन कि किलियनको दिमागमा के छ, तर उनले भिन्नता ल्याउन सक्छन्,” रामोसले भने।

“उहाँ एक युवा खेलाडी हुन्, यहाँ धेरै राम्रो टिम छ र यसलाई उनी जस्तो राम्रो खेलाडीहरूको आवश्यक छ।

“म मेरो जित्ने भावना ल्याउन सक्छु र यदि मैले त्यो भावना टोलीमा सार्न सके यो मेरो लागि सफलता हुने छ।”