“एम्बप्पे र भिनिसियस जुनियर सँगै खेल्न सक्छन्”

हाल ला लिगा क्लब रियल म्याड्रिडले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई साइन गर्न सक्ने धेरै चर्चाहरू हुँदै गर्दा क्लबका मिडफिल्डर कासीमिरोले पिएसजीका स्टार स्ट्राइकरको आगमनलाई आफूले स्वागत गर्ने बताएका छन्।

अर्को वर्षको जुनमा पिएसजी सँग एम्बाप्पेको सम्झौता अन्त्य हुने छ भने जनवरी देखि नै नयाँ क्लब सँग वार्ता गर्न एम्बाप्पे खुल्ला हुने छन्।

एम्बाप्पे पनि रियल म्याड्रिडबाट खेल्न धेरै इच्छुक रहेको जानकारी छ तर एम्बाप्पेको आगमनले क्लबका हालका स्टार युवा भिनिसियस जुनियरलाई असर हुने पनि चर्चा हुँदै गरेको छ तर कासीमिरो सो कुरामा विश्वास गर्दैनन् र एम्बप्पे र भिनिसियस जुनियर सँगै खेल्न सक्ने उनको दाबी रहेको छ।

“उनी हाम्रो खेलाडी होइनन्। यहाँ नभएको कसैको ’boutमा कुरा गर्न गाह्रो छ,” कासीमिरोले एक पत्रकार सम्मेलनमा भने।

“उनी उत्कृष्ट खेलाडी हुन् र उनी भिनि लगायत विश्वका कुनै पनि स्टार सँग मिलेर खेल्न सक्छन्।

“मलाई फुटबल मन पर्छ र फुटबल मन पराउने सबैलाई थाहा छ कि एम्बाप्पे एक उत्कृष्ट खेलाडी हुन्।”