एमर्सनको गोलमा सिल्भाको उत्सव

एजेन्सी, चेल्सीको एटलेटिको म्याड्रिडविरुद्धको जितमा थियागो सिल्भाले दर्शकदिर्गाबाट गोल मनाएको अनौठो दृश्यले चर्चा पायो। उनिसगै माउन्ट र जोर्जिनो पनि साथमा थिए।

एमर्सनले अतिरिक्त समयमा चेल्सीका लागि दोश्रो गोल गरे पछि सिल्भाले मनाएको हो। यस जितसंगै चेल्सी क्वाटरफाइनल प्रवेश गरेको छ।

ब्रजिलियन डिफेन्डरले चोटका कारण खेल गुमाए भने माउन्ट र जोर्जिनोलाई प्रतिबन्धित गरेको थियो।

खेल दौरान शिल्भाले आफ्ना साथीहरुलाई कराउदै गरेको भिडियोमा देख्न सकिन्थ्यो।

उन्ले चेल्सीको दोस्रो गोलमा आफ्नो खुशी देखाउन माउन्ट र जोर्जिनोलाई अङ्गालोमा बादेको थियो।