‘एमबाप्पे रियल जान चाहन्थे’

केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड जान चाहेको खुलासा भएको छ । इन्ग्लिश क्लब आर्सनलका प्रशिक्षक युनाई इम्रीले एमबाप्पे रियल जान खोजेको खुलासा गरेका हुन् ।

‘उ रियल मड्रिड जान चाहन्थे। उसको बार्सिलोना जाने मौका पनि थियो । तर, उसले मड्रिडको आँखा बन्द गर्यो ।’ प्रशिक्षक इम्रिले भने ।

फ्रान्सका विश्वकप विजेता एमबाप्पे सन् २०१७ को अगष्टमा मोनाकोबाट पीएसजी आएका थिए । यस्तै पीएसजीका पूर्व प्रशिक्षक समेत रहेका इम्रीले आफ्नो कार्यकालमै एमबाप्पे रियल जान खोजेको तर आफुले पीएसजी मै बस्न सुझाव दिएको बताएका छन् ।

‘सबैले उसलाई फ्रान्सको परियोजनाको बारेमा र यसमै बस्न भने । हामीले पैसा तयार गर्न सफल भयौं र हामीले चाहेको भयो ।’

सुरुवातमा लोनमा आएका एमबाप्पे १ सय ६६ मिलियनमा पीएसजीमा स्थायी अनुबन्ध भएका थिए ।

एमबाप्पेले यस सिजन सबै खाले प्रतियोगितामा गरि ५९ गोल गरिसकेका छन् ।