“एमबाप्पे एक ‘किलर’ खेलाडी बनिसकेका छन्”

पीएसजीका डिफेन्डर अब्दु डियालोले फ्रेन्च स्टार एमबाप्पेको खेल निकै उत्कृष्ट भईसकेको बताएका छन् ।

मोनाकोको समय देखि डियालोले एमबाप्पेको खेल राम्रो रहेको बताउँदै पीएसजी आएपछि उनको खेल अझै उत्कृष्ट भएको बताए ।

‘जब म मोनाकोमा थिए । उ निकै कलिलो उमेरका थिए । अहिले पनि कलिलै छ,’ सेन्टर डिफेन्डर डियालोले भने, ‘उ हुर्कदैछ । उसले आफ्नो कद बढाएको छ । पक्कैपनि उ अझ परिपक्क भएको छ ।’

विश्वकप विजेता २० वर्षे यूवा फरवार्ड एमबाप्पेले गत सिजन ३३ लिग गोलसहित कुल ३९ गोल गरेका थिए । गत सिजन पीएसजीले उपाधि जित्दा एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै डिफेन्डर डियालोले पीएसजी रोज्नु उनको सहि निर्णय भएको बताए ।

‘”एमबाप्पे एक ‘किलर’ खेलाडी बनिसकेका छन्,। मोनाको छाड्दा उनमा त्यी गुणहरु थिएन् । तर, उनले धेरै गोलहरु गरे । अहिले उ सबैभन्दा राम्रो ठाउँमा छन्,’ डियालोले भने ।