एमबापेका भाइ इथन पि.एस.जिमा अनुबन्धित

एजेन्सी, फ्रेन्च क्लब पि.एस.जिका युवा स्टार खेलाडी किलियन एमबापेका भाइ इथन एमबापे पनि पि.एस.जिको युवा टोलिका लागि अनुबन्धित भएका छन्। इथन एमबापे पि.एस.जिको युवा टोलिमा तीन वर्षका लागि अनुबन्धित भएका हुन्।

१५ वर्षका किलियन एमबापेका भाइ इथन एमबापे पि.एस.जिका युवा टोलिका लागि पहिला पनि खेल्ने गरेता पनि हाल औपचारिक रुपमा २०२४ सम्म क्लबका लागी अनुबन्ध भएका हुन्। २२ वर्षका फ्रेन्च फर्वार्ड किलियन एमबापे भने थप एक वर्षका लागि मात्र पि.एस.जिमा अनुबन्ध छन्।
युवा स्टार खेलाडी किलियन एमबापेलाई भित्र्याउन रियल मड्रिड जस्ता क्लबहरु इच्छुक रहेको बताइएको छ। रिपोर्टका अनुसार फ्रान्सका रास्ट्रपति इमानुएल माक्रोनले एमबापेलाई पि.एस.जिमा नै बसि लिग १ मा नै खेल्न आग्रह गरेका छन्।