एभर्ट्नले भित्र्यायो युभेन्ट्सका स्ट्राइकर

इङलिस क्लब एभर्ट्नले युभेन्ट्सका युवा स्ट्राइकर मोइस किन भित्र्याएको छ ।

१९ बर्षिए इटालियन स्ट्राइकरले एभर्ट्नसंग ५ बर्षको सम्झौता गरेको छ ।

किन युरोपको उत्कृष्ट युवा खेलाडीको रूपमा चिनिन्छ र एभर्ट्नले यस ट्रान्सफर सिजनमा ५ जना खेलाडी भित्र्याउन सफल भएको छ ।

किनले गत सिजन युभेन्ट्सका लागि १३ खेल खेल्दै ६ गोल गरेका थिए ।

एभर्ट्नले किन भित्र्याउन £२७.५ मिलियन खर्च गरेको छ ।