एभर्टनले गर्‍यो बार्सिलोनाको ‘ठुलो’ प्रस्ताव अस्वीकार

रिचार्लिसनको बार्सिलोनाले गरेको ठूलो प्रस्ताव एभर्टनले अस्वीकार गरेको छ।

ब्राजील आक्रमणकारी यस सिजन धेरै राम्रो प्रदर्शनमा रहेका छन्, र बार्सिलोना लुइस सुआरेजको प्रतिस्थापनको लागि खेलाडीको खोजीमा रहेको थियो।

र स्काई स्पोर्ट्सको दावी छ कि मर्सीसाइड क्लबले क्याटालानका दिग्गजहरूको €१०० मिलियनको प्रस्ताव अस्वीकार गरेको छ।

जनवरी ट्रान्सफर विन्डोमा अन्त्य हुने धेरै समय नरहेको बेला यो प्रस्ताव आएको कारण एभर्टनले यो अस्वीकार गरेको हुन सक्छ।

ब्लूज आफ्नो टीम सुधार गर्न चाहन्छ,र रिचार्लिसनलाई कुनै प्रतिस्थापन बिना बेच्नु गल्ती हुने छ।

२२ बर्षेका खेलाडीको क्लबका लागि ६० खेलमा २४ गोलहरू छ, जसमध्ये १० यस सिजनको खेलहरूमा आएको हो ।