“एभर्टनले को सँग खेल्ने छ भनेर पनि मलाई थाहा छैन” 

एभर्टनका स्टार मिडफिल्डर हामेस रोद्रिगेस आफ्नो योजनामा नरहेको क्लबका नयाँ कोच राफा बेनेटेजले स्पष्ट गरेका छन् भने हामेस रोद्रिगेस पनि क्लब छोड्न इच्छुक रहेका छन्। कार्लो एन्सेलोटीले एभर्टन छोडे पछि हामेस रोद्रिगेसले पनि क्लब छोड्न सक्ने धेरै चर्चा हुँदै गर्दा एभर्टनका नयाँ कोच राफा बेनेटेजले रोद्रिगेस आफ्नो योजनामा नपर्ने बताएका थिए भने हामेस रोद्रिगेस पनि क्लब छोड्न इच्छुक देखा परेका छन्।

हाल सम्म उनले क्लब सँग प्रशिक्षण गरेका छैनन् र एभर्टनको प्रिमियर लिगको पहिलो खेलमा उनी बेन्चमा पनि थिएनन् भने एभर्टनको खेलहरूमा आफ्नो चासो हराएको हामेस रोद्रिगेसले सङ्केत दिएका छन्।  आफ्नो ट्विच च्यानलको लाइभ स्ट्रिममा उनले फ्यानहरू सँग कुरा गर्दै आफ्नो एभर्टन भविष्यको बारे बोले भने एभर्टनले को सँग खेल्ने छ भनेर पनि आफूलाई थाहा नभएको बताए र उनले एभर्टनको आउँदो खेलहरू बारे फ्यान सँग सोधे।

“‘म सोमबार प्रशिक्षण सुरु गर्नेछु, मलाई लाग्छ”, रोद्रिगेसले आफ्नो लाइभ स्ट्रिममा बताए।

“यो हप्ता मैले खेल्ने छैन, मलाई एभर्टनले को सँग खेल्दै छ भनेर पनि थाहा छैन मलाई कसैले भन्न सक्छ?”

“मलाई लाग्छ यो अवे खेल हुने छ किनकि अन्तिम पटक होम खेल थियो,” उनले केही समय पछि फ्यानहरूको कमेन्टबाट थाहा पाए र भने “लीड्स विरुद्ध हाम्रो खेल रहे छ , अवेमा, मार्सेलो बिएल्सा बिरुद्ध, एक कठिन खेल हुने छ, हेरौँ के हुन्छ, आशा छ एभर्टनले जित्ने छ।”

आफ्नो भविष्य बारे आफलाइ थाहा नभएको उनले बताए भने आफ्नो नयाँ क्लब कुन हुने बारे अनिश्चितता रहेको उनले स्वीकार गरे।

“मलाई थाहा छैन के हुँदै छ,” उनले फ्यानहरूलाई भने। “मलाई थाहा छैन – मलाई थाहा छैन म कहाँ खेल्ने छु।

“फुटबल र जीवन मा तपाईँलाई केही थाहा हुँदैन के हुने छ भनेर, तर मलाई यो मात्र थाहा छ कि मैले  कडा प्रशिक्षण, राम्रो तयारी गर्नु पर्छ।”