एभर्टनमाथि वुल्भ्सको जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भरह्याम्पटन विजयी भएको छ । सोमबार राति भएको खेलमा एभर्टनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमै २ गोल गरेको वुल्भरह्याम्पटनले दोस्रो हाफमा भने १ गोल व्यहोरेको थियो ।

२८ औं मिनेटमा म्याक्स किलम्यानले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा राउल गिमिनेजले गोल गरेपछि बुल्भरले पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो ।

६६ औं मिनेटमा एभरर्टनका लागि एलेक्स इओबीले गोल गर्दै अग्रता २–१ मा झारेपनि हार भने टार्न असफल रहे ।

यो नतिजापछि वुल्भर १० खेलमा १६ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेको छ भने एभर्टनले १० खेलमा १४ अंक जोड्दै १० औं स्थानमा राखेको छ ।