एभर्टनको युनाईटेडविरुद्ध उत्कृष्ट पुर्नरागमन

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एभर्टनसँग बराबरी खेल्दै अंक बाडेको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले एभर्टनसँग ३-३ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड बराबरीमा रोकिएको हो ।

खेलको २४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

दोस्रो हाफमा एभर्टन खेलमा फर्कियो ।

खेलको ४९ औं मिनेटमा अब्दुलाए डुकोरेले गोल गर्दै एभर्टनलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५२ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दा खेल २-२ गोलको बराबरीमा पुग्यो ।

खेलको ७० औं मिनेटमा स्कट म्याकटोमेनीले गोल गर्दा युनाईटेड ३-२ ले अघि रह्यो ।

तर, खेलको इन्जुरी समयमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।

यो बराबरीसंगै दोस्रो स्थानको युनाईटेड २३ खेलमा ४५ अंक जोडेको छ ।

बराबरीले युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिरीसँग अंक बराबरी गर्न असफल भएको छ ।

एभर्टन ३७ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

अर्को खेलमा न्युकासलले साउथह्याम्पटनलाई ३-२ गोल अन्तरले हराएको छ ।

बर्नली र ब्राइटनले १-१ गोलको बराबरी खेल्दा फुलहम र वेस्ट ह्यामले गोलरहित बराबरी खेलेको छ ।