एफसी गोवा एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी, एएफसी च्याम्पियन्स लिग अन्तर्गत समूह इ को अन्तिम खेलमा एफसी गोवा पराजित भएको छ। यस हारसंगै पहिलो पल्ट एएफसी च्याम्पियन्स लिग डेब्यु गरेको एफसी गोवा तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएका छन।

अन्तिम खेलमा अल वाल्ह्दासंग २-० गोल अन्तरले पराजय भएको हो। पण्डित जवाहर्लाल नेहेरु रंगशालामा खेलेको उक्त खेलमा स्पेनिश प्रशिक्षक र चार बिदेशी खेलाडि बिना मैदानमा उत्रेका थिए।

बद्दै गएको कोरोना महामरीका कारण बिदेशी प्रशिक्षक तथा खेलाडीहरु इन्डिया छोड्न बाध्य भए।

पहिलो हाफ गोल रहित बराबरीमा रोके पनि दोश्रो हाफमा सहमालिन नसक्दा गोवाले गोल बेहोर्न पुगे।

खेलको ६१ औं मिनेटमा टिम मातभ्जको गोलमा अल वाह्दाले अग्रता लिए।

खेलको अतिरिक्त समयमा कप्तान मोहाम्मद बर्केश अल्मेन्हलीको प्रहार अदिल खानलाई लाग्दै गोलको जाली चुम्न पुगे।

एफसी गोवा तीन अंक जोडै तेस्रो स्थानमा प्रतियोगिता सकाए भने अल रय्यन अंक तालिकाको पुचारमा रहदै प्रतियोगिताबाट बिदा भए। पेर्सिपोस्लिस र अल वाह्दा अर्को चरणमा प्रवेश गरेको छ।