एफसी खुमलटारको पुलिसमाथि जित

सहिद स्मारक ए डिभिजन लिगका लागि तयारीमा रहेका एफसी खुमलटार र नेपाल पुलिस क्लबबिचको मैत्रीपुर्ण खेलमा भर्खरै शीर्ष लिगमा बढुवा भएको एफसी खुमलटारले जित दर्ता गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको खेलमा खुमलटारले २-१ को जित हासिल गरेको हो ।

खेलको १९ औं मिनेटमा मेस्सुकेको असिस्टमा स्टेफेन बेनोङले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

पछि परेको एक मिनेटमा नै पुलिसले गोल फर्काउदै १-१ मा ल्याएको थियो ।

दोस्रो हाफको ८० औं मिनेटमा मेस्सुकेले गोल गर्दै एफसी खुमलटारलाई २-१ को जित दिलाउन सफल भएको हो ।

खेलमा खुमलटारका सेन्टर ब्याक पदम भट्टराई र मिड्फिल्डर जय गुरुङले उत्कृष्ट प्रदर्सन गरेका थिए ।