एफसी कोल्न बिरुद्ध खेल जित्न असफल रहे पछि यसरी रिसाए हालाण्ड

जर्मन लिग बुन्डेसलिगामा बोरुसिया डर्टमन्ड र एफसी कोल्न बिचको खेल २-२मा अन्त्य भएको थियो। यो नतिजाबाट डर्टमन्डका स्टार अर्लिङ हालाण्ड खुसी थिएनन् भने खेल पछि उनी निराश देखिन्थे।

सो खेलमा हालाण्डले २ गोल गरेका थिए तर त्यो जितको लागि पर्याप्त रहेन र खेल २-२को बराबरीमा अन्त्य भयो। २० वर्षका स्टारले सो खेलमा निकै राम्रो प्रदर्शन गरे तर उनी नतिजाबाट खुसी थिएनन्।

खेल अन्त्य भए पछि उनी निराश देखिन्थे र उनले सिधै मैदान छोडे र टनेल तिर गए। डर्टमन्ड हाल लिगको ५औँ स्थानमा रहेको छ र डर्टमन्डलाई जितको धेरै आवश्यक रहेको छ। बराबरी पछि हालाण्डको सो प्रतिक्रियाको धेरै चर्चा हुँदै गरेको छ र सो भिडियो पनि भाइरल हुँदै गएको छ।

उनको सो प्रतिक्रियाको कारण अर्को सिजन उनले क्लब छोड्ने धेरैको विश्वास रहेको छ।