एफए कप जिते पछि लेस्टर सिटीका मालिक पनि सेलेब्रेट गर्न मैदान पुगे पछि

शनिवार राती भएको एफए कपको फाइनलमा लेस्टर सिटीले फेरी इतिहास सिर्जना गरेको छ। २०१५/१६को सिजनमा सबैलाई चकित गर्दै लिग जितेको लेस्टरले २०२१मा भने सबैलाई पछि पार्दै एफ ए कप जितेको छ। शनिवार राती भएको चेल्सी विरुद्ध फाइनल लेस्टरले १-०ले जित्दै ट्रफी उचाले।

पहिलो पटक लेस्टर सिटीले एफ ए कप जितेको हो र लेस्टर सिटीका मालिक अय्यावत् श्रीभधनाप्रभा उक्त जितबाट धेरै खुसी भए र उनी खेलाडीहरू सँग सेलेब्रेट गर्न मैदान पुगे।

उक्त दृश्य देखेर अन्य प्रिमियर लिग क्लबका फ्यानहरू लेस्टर सिटीका मालिकको प्रशंसा गरे। प्रिमियर लिगका क्लबका मालिकहरूले आफ्नो क्लबलाई ध्यान नदिने भनेर आरोपहरू लाग्ने गरेको छ भने केही क्लब मालिकहरू फाइनल खेल समेत हेर्न स्टेडियम नपुग्ने गरेका छन् भने लेस्टर सिटीका थाई मालिक सेलेब्रेट गर्न मैदान पुगे पछि क्लब प्रति उनको माया र फ्यानहरू प्रतिको सम्मान एफ ए कप जित पछि सबैले देखे।

अय्यावत् श्रीवाधनप्रभाले उनको बुवाको मृत्यु पछि क्लबको ख्याल राखे। उनको बुवा भिचाई श्रीभधनाप्रभाको हेलिकप्टर दुर्घटनामा दुखद मृत्यु भएको थियो र उनका चोर अय्यावत् श्रीभधनाप्रभाले एफ ए कपको जित उनलाई समर्पित गरे।

एफ ए कपको जित पछि पुरस्कार वितरण समारोहमा लेस्टर सिटीका गोलकिपर कास्पर स्माइकलले क्लबका मालिकलाई मैदानमा बोलाए र उनलाई ट्रफी उचाल्न दिए र उनले आफ्नो खेलाडीहरू सँग सेलेब्रेट गरे। क्लबका मालिकहरू खेलाडी सँग सेलेब्रेट गर्ने गरेको फ्यानहरूले विरलै देखेका छन् र उनको धेरै प्रशंसा हुँदै गरेको छ।