एपिएफको भारी गोल अन्तरले जित, सावित्र एक्लैले गरे एक दर्जन गोल

Nepal's Sabitra Bhandari celebrates after scoring a goal against the Maldives during their fourth Women's SAFF Championship match at the Kanchenjunga Stadium in Siliguri, India on Wednesday, December 28, 2016. Photo courtesy: ANFA

राष्ट्रिय महिला लिगमा अपराजित यात्रालाई कायमै राखेको छ । लगातार छैटौं जित निकाल्ने क्रममा एपीएफले आज चौदण्डीगढीलाई २२ शुन्यको गोल अन्तरले हरायो । यसका साथै एपीएफले अहिलेसम्म ३९ गोल गर्दा एक गोलपनि खाएको छैन । आजको खेलमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पाँचौ मिनेटमा नै एपीएफले सावित्रा भण्डारीको गोलमा अग्रता बनायो । त्यसपछि आठौं मिनेटमा अनिता बस्नेतले एपीएफलाई दुई शुन्यले अगाडी राखिन ।

११ औं मिनेटमा एपीएफका लागि अनु लामाले तेस्रो गोल गर्दा १४ औं मिनेटमा अनुले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन ।
१८ औं मिनेटमा सावित्राको क्रसमा सरुले गोल गर्दै टिमको अन्तर पाँच शुन्यमा पुर्याइन । २० औं मिनेटमा अनुले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरिन भने टिमलाई ६–० ले अगाडी राखिन ।

२६ औं मिनेटमा अनुले गोल गर्दै टिमलाई सात शुन्यले अगाडी राखिन । गोलको बर्षा नै भएको खेलको ३१ औं मिनेटमा रेनुका नगरकोटीले टिमका लागि आठौं गोल गरिन । त्यसपछि पाँच मिनेटमा सावित्रा भण्डारीले चार गोल गर्दै आफ्नो ह्याट्रिक मात्र पुरा गरिनन् । टिमलाई पहिलो हाफमा १२–० ले अगाडी राखिन । उनले ३२ औं, ३३ औं, ३४ औं र ३७ औं मिनेटमा गोल गरिन ।

पहिलो हाफमा नै गोलको बर्षा गरेको एपीएफले दोस्रो हाफमा पनि त्यसलाई कायमै राख्यो । खेलको ४८ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गरिन भने टिमलाई १३–० ले अगाडी राखिन ।

त्यसपछि ५१ औं मिनेटमा अनिता बस्नेतले ब्यक्तिगत दोस्रो गोल गर्दा टिमलाई १४–० ले अगाडी राखिन । त्यसको लगत्तै सावित्रा भण्डारीले ब्यक्तिगत सातौं गोल गर्दै टिमलाई १५–० को अग्रता दिलाइ ।

त्यसपछि ६२ औं मिनेटमा सावित्रा भण्डारीले ब्यक्तिगत आठौं गोल गर्दै टिमलाई १६–० ले अगाडी राखिन । लगत्तै सावित्राले नै गोल गर्दै टिमलाई १७–० ले अगाडी राखिन । ६५ औं मिनेटमा अनु लामाले गोल गर्दै टिमलाई १८–० ले अगाडी राखिन । उनको यो ब्यक्तिगत पाँचौ गोल थियो ।

६६ औं मिनेटमा अनिता बस्नेतले ब्यक्तिगत ह्याट्रिक पुरा गर्दा एपीएफ १९–० ले अगाडी रह्यो । ७१ औं मिनेटमा फेरी सावित्रा भण्डारीले पेनाल्टीबाट ब्यक्तिगत १० औं गोल गर्दै टिमको अन्तर २० शुन्यमा पुर्याइन । ७९ औं मिनेटमा फेरी सावित्राले ब्यक्तिगत ११ औं गोल गर्दै टिमको अन्तर २१–० को जित दिलाइन । अहिलेसम्म सावित्राले यो प्रतियोगितामा २४ गोल गरिसकेकी छिन । जारी प्रतियाेगितामा एकै खेलमा धेरै गाेल भएकाे याे पहिलाे पटक हाे ।

यो जितसँगै एपीएफले ६ खेलमा जित निकाल्दै १८ अंक बनाएको छ । उसले दोस्रो स्थानको आर्मी भन्दा आठ अंकको स्पष्ट अग्रता बनाएको छ ।