एन्सिलोटिको दोश्रो खेलमा बराबरीमा रोक्यो रियल

एजेन्सी, प्रि-सिजनको दोश्रो खेलमा रियल म्याड्रिड ला लिगामा नया प्रवेश गरेको रायो भालेकानोसंग बराबरी खेलेको छ । आइतबार राती भएको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो ।

रियलका अधिकांश अन्तर्राष्ट्रिय खेलाडी कोपा अमेरिका र युरो कपमा भाग लिए पछि खेलाडीहरु छुट्टिमा बसेको छ । प्रशिक्षक कार्लो एन्सिलोटिले युवा खेलाडीलाई मौका दिएको थियो ।

रियलले पाँच जना सिनियर खेलाडिलाइ मैदान उतारे । इस्को, मार्टिन ओडेगार्ड, मार्सेलो, नाचो र लुकास भाज्केजले खेलेका थिए ।

विपक्षी खेलाडिले हुआन्मी लाटासालाइ पेनाल्टी डि-बकस भित्र लडाए पछि प्राप्त पेनाल्टीलाई इस्कोले गोल गर्दै अग्रता दिलाए ।

त्येस्तै, रियलका भिक्टर चुस्टले अन्त्माघाती गोल गर्दै खेल १-१ को अवस्थामा खेल ल्याए । दुबै पक्षबाट कुनै गोल ननिस्किदा खेल बराबरीमा सकेको हो ।

रियल म्याड्रिडले जुलाइ २५ मा रेञ्जर र अगस्ट ८ का दिन एसि मिलानविरुद्ध मैत्रीपुर्ण खेल खेल्ने तालिका रहेको छ ।