एन्फा कम्प्लेक्स्मा स्मार्ट स्कोर्बोर्ड बन्दै , सिट सन्ख्यापनि धमाधम थपिदै

एएफसीले एन्फा कम्प्लेक्स्मा स्मार्ट स्कोर्बोर्ड निर्माण गरिरहेको छ । एएफसीका प्रमुखको प्रयत्नमा उक्त बोर्ड बन्न लागेको हो । उक्त बोर्डमा अन्तरराष्ट्रिय स्तरको डिस्प्ले हुनेछ जस्मा दुबइ टिमको झन्डा या लोगो पनि देखिनेछ । यस्तै एन्फाले एन्फा कम्प्लेक्स ललितपुरमा प्याराफिट सन्ख्या थपिरहेको छ र थप अस्थाइ प्याराफिट निर्माणपछी एन्फा कम्प्लेक्समा ३२०० दर्शक अट्नेछन ।

एन्फा परिसर नजिकैको कचरा डम्पिङ गर्ने हो?
एन्फाले एन्फा कम्प्लेक्स सात्दोबाटो अगाडि फोहोर को डङुर रहेको बारे स्थानीय निकायलाई जानकारी दिएको छ। तर वार्ड नम्बर 17 को स्थानीय निकायले कुनै पनि कदम उठाएको छैन।

बुधबार, एन्फाको प्रवक्ता किरण राईले चिन्तित अधिकारीहरूलाई ती अपराधीहरूको विरुद्धमा गम्भीर कार्यान्वयन गर्न आग्रह गरेका छन । एन्फा परिसर अन्तर्राष्ट्रिय स्थान हो। हामी धेरै अन्तर्राष्ट्रिय टूर्नामेंट र कोर्सहरू होस्टिंग गर्दैछौँ। यसले अन्तरराष्ट्रिय स्तरमा नराम्रो सन्देश जान्छ ।

स्थानीय निकायहरूले शर्म महसुस गर्नुपर्छ” एन्फा प्रवक्ता राईले भने “ललितपुर मेट्रोले यो कुरालाई गम्भीर रूपमा लिनुपर्छ। अधिकारीहरूले अपराधीको विरुद्धमा गम्भीर कदम चाल्नुपर्छ”, राईले थपे ।