माइक्रोसफ्टका संस्थापक बिल गेट्स एन्ड्रोइड गुगललाई किन्न दिएकोमा गल्ती गरेको बताएका छन् । एक कार्यक्रममा गेट्सले एन्ड्रोइड खरीद नगरेकोमा गल्ति महसुस गरेको भनेका छन्।
सन् २००५ मा गुगलले एन्ड्रोइड ५ करोडमा किनेको थियो। त्यसले पछिल्लो समय विश्व बजारमा तहल्का मच्चाएको छ। माइक्रोसफ्टले त्यो बेलामा एन्ड्रोइड किन्नु उसको लागि निकै सामान्य कुरा थियो । आफुले त्यति सामान्य निर्णय पनि नलिएर गल्ति गरेको गेट्सले स्वीकार गरेका छन्।
अहिले एन्ड्रोइड विश्वको सबैभन्दा राम्रो स्मार्टफोन अपरेटिङ सिस्टम हो। र दोस्रो नम्बरमा एप्पलको आइओएस पर्छ । तर माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम एन्ड्रोइड र एन्ड्रोइड जस्तो व्यापक छैन । पछिल्लो समय बनेका मोबाइल एपहरु समेत एन्ड्रोइड र आइओएसलाईमा केन्द्रित भएर बनेका छन् यसले गर्दा पनि माइक्रोसफ्टको लोकप्रियता घटेको छ ।