एन्डर हेरेरा पिएसजिमा – प्रति हप्ता £३००,००० पाउने।

एन्डर हेरेराले पिएसजिमा प्रति हप्ता £३००,००० कमाउने भएको छ। स्पेनिश मिडफिल्डर म्यान्चेस्टर युनाइटेडबाट सितैमा अर्थात् ‘फ्री ट्रान्सफरमा’ पिएसजि आएका हुन् र उनले पेरिसमा प्रति हप्ता £३००,००० कमाउने छन्। उनको र क्लब बीच ५ वर्षको सम्झौता भएको खुलेको छ।


हेरेराले युनाइटेडमा १३०,००० प्रति हप्ता कमाउने गरेको थिए, र क्लब संग उनको सम्झौता अन्त्य हुन लाग्दा उनले युनाइटेडको नयाँ सम्झौता अस्वीकार गर्दै पिएसजिमा गए।