“एन्टोनी ग्रिजम्यान संगको वाचा कोम्यानले तोडेका छन्”

एन्टोनी ग्रिजम्यान बार्सिलोनामा आफ्नो नयाँ प्रबन्धकसँग दुखी भएको भनेर फ्रान्सका कोच डिडियर डेसच्याम्प्सले बताएका छन्। डेसच्याम्प्सले रोनाल्ड कोम्यानले ग्रिजम्यानलाई दिएको वाचा तोडेको आरोप लगाएका छन्।

कोम्यानको बार्सामा आगमन पछि क्लबमा धेरै विवादहरु भएको छ सुआरेजलाई बेचे पछि मेस्सी पनि उनि संग खुसी थिएनन् र उनले क्लब छोड्ने प्रयास पनि गरेका थिए भने अब फेरी बार्साका अर्को स्टार उनि संग खुसी नरहेको खबर छ।

कोम्यानले ग्रिजम्यानलाई बार्साको सेन्ट्रल खेलाडीको रुपमा प्रयोग गर्ने कुरा गरेका थिए तर हाल उनले ग्रिजम्यानलाई राइट विङ्गमा खेलाउने गर्दै छैन र उनले आफ्नो दावी पुरा गरेका छैनन् र सो बारे फ्रान्सका कोचले बोलेका छन्।

“म उनीसँग [ग्रिजम्यान ] कुरा गर्दैछु र म उनलाई पछि भेट्ने छु। म पक्का छु कि उनी यस अवस्थासँग खुशी छैनन्।

“म अन्य क्लबहरूमा मेरो खेलाडीहरूको प्रयोगमा हस्तक्षेप गर्दिन, बार्सा वा अरु कोही क्लब।

कोम्यानले ग्रिजम्यानलाई बार्साको सेन्ट्रल खेलाडीको रुपमा प्रयोग गर्ने कुरा गरेका थिए तर हाल उनि राइट विङ्गमा खेल्न बाध्य छन् र कोम्यानले आफ्नो दावी पुरा गरेका छैनन् र सो बारे फ्रान्सका कोचले बोलेका छन्।

“ग्रिजम्यान अहिले त्यहाँ राइट विङ्गमा खेल्दै छन्। कोम्यानलाई थाहा छ कि उनि सेन्ट्रल फोवार्डको रुपमा खेल्ने गर्छन। तर म बुझ्दिन उनले किन ग्रिजम्यानलाई सेन्ट्रल स्थानमा प्रयोग गर्दैनन्

“मेरो लागि, उनि अझै बलवान छन् जब उनो खेलको मुटुमा हुन्छन, जब उनले बललाई धेरै छुन्छन, त्यस अवस्थामा उनी मिडफील्डमा पनि आउने र सहयोग पनि गर्ने सम्भावना हुन्छ।

“उहाँसँग बल लिने र अरूले जस्तै विङ्गमा प्रतिरोध गर्ने क्षमता छैन। उनलाई बललाई धेरै छुनु आवश्यक छ र उनि आफ्नो चालमा चतुर छन्।”