एजेन्सी । इंग्लिस क्लब चेल्सीले फरवार्ड क्रिस्टोफर एन्कुनकुलाई अनुबन्धित गरेको छ । क्लबले शनिबार एन्कुनकुलाई अनुबन्ध गरिएको जनाएको छ ।
एन्कुनकु चेल्सीमा २०२३ जुनमा मात्र आबद्ध हुने भएको छ ।
विगत केही महिना देखि चलेको दुब क्लब बिचको वार्ताले निष्कर्षमा पुगेको छ ।
फ्रान्सेली फरवार्ड चोटका कारण विश्व कप गुमाएका थिए । उनले गत सिजन २० गोल १५ अस्सिट प्रदान गरेका थिए ।