एनआरटिले लिगका लागि दुई बिदेशी खेलाडी भित्रायो

काठमाडौं, आसन्न ए डिभिजन लिगका लागि क्लबहरुले खेलाडी अनुबन्ध गर्ने क्रम यति बेला तिब्र गतिमा रहेको छ। एनआरटिले दुई बिदेशी खेलाडी मेसुके र स्टेफेन समिरलाइ लिगका लागि अनुबन्धित गरेको छ।

क्लबले दुबै खेलाडीलाई एनएसएलको प्रदशनका आधारमा अनुबन्ध गरेको बताएका छन।

यी दुबै खेलाडीले एनएसएलमा काठमान्डु रेजर्सबाट खेलेका थिए। क्लबले शनिबार एक कार्यक्रमका बिच दुबै खेलाडीलाई सार्वजनिक गरेका थिए।

यस्तै क्लबले प्रशिक्षकमा राजु काजी शाक्यलाई निरन्तरता दिने पनि जानकारी दिए।

ए डिभिजन लिग असोज ३ गतेबाट काठमाडौमा सुरु हुदैछ।