एनआरटिले यु-१६ प्रतियोगिता नखेल्ने भनेपछि खुमलटार अन्योलमा

अखिल नेपाल फुटबल संघद्वारा आयोजित एन्फा यु-१६ युथ लिगमा ए डिभिजनका १० खेलको सहभागिता रहेको छ ।

पहिलो राउन्डको समापन पछि दोस्रो राउन्डमा संकटा र चर्च ब्वाइज बिचको खेल एउटा भयो । बाकी सबै खेलहरुको तालिका आज रहेको छ तर न्यु रोड टिमले भने आफ्नो सामाजिक संजालमा प्रतियोगिताबाट बाहिरिने विज्ञप्ति निकालेको छ ।

कारण, पहिलो खेलमा एनआरटिले त्रिभुवन आर्मीलाई ५-१ गोल अन्तरले हराएको थियो तर पछि आर्मीको बिरोध र अनुसन्धानमा एनआरटिले १६ वर्षमाथीको खेलाडी खेलाएको एमआरआईबाट पुष्टि भएको थियो र उक्त खेलको नतिजा आर्मीको पक्षमा रहदै ३-० को जित हात पार्यो र एनआरटिले हार्न पुग्यो ।

यसै सन्दर्भ लिएर एनआरटिले भने औपचारिक कागज पत्र अनुसार उक्त खेलाडी १६ वर्ष मुनि नै रहेको र एन्फाले भनेको अनुसार कागज पत्रले त्यहीँ भन्छ र मेडिकल चेकजाँच वारे कुनै सुचित गरेको थिएन भन्दै एन्फाले ३-० को हार दिलाउने निर्णय गलत रहेको दाबी गर्दै यस प्रतियोगिताबाट बहिरिने जनाएको हो ।

तर यसको प्रत्येक्ष प्रभाव भने आज एफसी खुमलटारलाई पर्ने भएको छ । सिन्धुपाल्चोक देखि एक खेल खेल्न बसमा निस्की सकेकोको टोलिलाई रिपोर्टिङ गर्न मात्र त्यति लामो दुरिको यात्रा गर्नुपर्ने भयो ।

युवा खेलाडीहरुलाई अनावश्यक रुपमा टर्चर र नेपाली फुटबलको अल्सी स्वाद सानो उमेरमै चाख्न युवा खेलाडीहरु बाध्य भएको छ ।