एड्रियानोले डिप्रेसन र रक्सीको लतबाट निस्कन गरेको संघर्षबारे खुलासा गरेका छन् ।

Inter Milan's Brazilian forward Adriano jubilates after scoring against Sampdoria during the Italian Seria A match at the San Siro Stadium in Milan, on January 25, 2009. AFP PHOTO DAMIEN MEYER (Photo credit should read DAMIEN MEYER/AFP/Getty Images)

ब्राजिलका पूर्व स्ट्राइकर एड्रियानोले इन्टर मिलानमा रहँदा आफूले डिप्रेसन र रक्सीको लतबाट निस्कन गरेको संघर्षबारे खुलासा गरेका छन् ।

एड्रियानोलाई विश्वकै उत्कृष्ट स्ट्राइकरको रुपमा लिइन्थ्यो, जसले इन्टरमिलानलाई कोपा इटालीया र सिरि एको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

तर, बुबाको मृत्यु भएपछि उनी गहिरो शोकमा परे, जसका कारण उनी रक्सीको लतमा फसे । उनी यसरी फसे कि त्यसको सत्यता उनले अहिले खुलासा गरेका छन् । उनका अनुसार इन्टर मिलानले मिडियामा उनी घाइते भएको जानकारी दिन्थ्यो तर, सत्यता चाहीँ उनी ट्रेनिङमा समेत रक्सीले मातिएर जान्थे ।

ब्राजिलियन पत्रिका आर सेभेनसँगको कुराकानीमा एड्रियानोले भनेका छन्, ‘मलाई मात्र थाहा छ कि मैले ती दिन कसरी गुजार्नुपर्यो । मेरा बुबाले मलाई एउटा ठूलो शून्यतामा छाड्नुभयो । त्यसपछि म निकै एक्लो भएँ । उहाँको मृत्युपछि म एक्लो भएँ, किनभने मैले आफूलाई पनि अलग्याएको थिएँ ।’

‘म इटलीमा एक्लै थिएँ । निराश थिएँ र डिप्रेस थिएँ र मैले रक्सी पिउन सुरु गरेँ । म रक्सी पिउँदा मात्र खुसी हुन सक्थेँ र, त्यसैले मैले हरेक रात रक्सी पिउन सुरु गरेँ । मैले सबैथोक पिएँ, जे पाए पनि पिउथेँ ।’

सन् २००६–०७ को लिगमा उनको गोलस्कोरिङ रेकर्ड नटकीय रुपमा तल झरेको थियो । र, डिप्रेसनको सामना गरेसँगै अर्को सिजन उनले क्लवका लागि केहि राम्रो भूमिका निभाए ।