एडिन्सन कभानी थप एक सिजन युनाईटेडमा रहने

म्यान्चेस्टर युनाईटेडका स्ट्राइकर एडिन्सन कभानी थप एक सिजन युनाईटेडमा खेल्ने भएका छन्।
रिपोर्टका अनुसार आधिकारिक घोषणा आउन बाकी भएता पनि क्लब र खेलाडि बीच सम्झौता भई सकेको छ।
आधिकारिक घोषणा यहि साता आउन सक्ने सम्भावना रहेकोे छ। म्यान्चेस्टर युनाईटेडमा राम्रो प्रदर्सन गरिरहेका एडिन्सन कभानीलाई थप एक सिजन राख्न प्रशिक्षक ओले गुनर सोल्सर इच्छूक थिए।
युनाईटेडको प्रसिद्ध ७ नम्बरको जर्सी लगाउने कभानी यस् अघि परिवारिक कारणले प्रेरित भएर पनि अर्जेन्टिनाको क्लब बोका जुनियर्स जान चाहेको कुरा अघि आएको थियो।

पि.एस.जिबाट फ्री ट्रान्सफरमा एक सिजनका लागि अनुबन्ध भएका कभानीले युनाईटेडका लागी ३३ खेलमा १२ गोल गरि सकेका छन्। युवा खेलाडीले भरिएको युनाईटेडको टोलीमा उनी एक अनुभवी खेलाडी हुन्।

पि.एस.जिमा आफ्नो करियरको अधिक समय बिताएका कभानीले आफ्ना अन्तिम सिजनहरुमा भने आशा अनुरुप प्रदर्शन गर्न सकेका थिएनन् । एमबापे, नेमार जस्ता खेलाडी भएको पि.एस.जिमा उनले पर्याप्त खेल समय पनि पाउन सकेनन्।म्यान्चेस्टर युनाईटेडमा भने उनलेे राम्रो प्रदर्शन गरि रहेका छन्।