एडिडासले थ्री स्टार क्लबको प्रायोजन गर्ने

रुस्लान थ्री स्टार क्लबलाई एडिडासले प्रायोजन गरेको छ ।

थ्री स्टारले सोमबार एडिडासको नेपालको अधिकारिक बिक्रेता रुट्स फेसनसँग सह प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

रुट्सले २५ लाख रुपैयाँ भन्दा बढीको एडिडासका खेल सामाग्रीहरु उपलब्ध गराउने भएको छ ।

जसमा जर्सी सेट, मोजा, ट्रयाकसुट, फुटबल बुट, फुटबल, बिब्स, अभ्यास जर्सी, गोलकिपर ग्लब्स, स्पोर्ट्स सुज, र टिसर्ट रहेका छन् ।

क्लबका अध्यक्ष अरुण मान जोशी र रुट्सका प्रबन्ध निर्देशक सन्जिब तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।