एडन ह्याजार्डले एल क्लासिको गुमाउने

रियाल म्याड्रिडका स्टार एडन ह्याजार्डले बार्सिलोन बिरूद्ध एल क्लासीको गुमाउने भएका छन् ।

यो उनको पहिलो एल क्लासीको हुने थियो तर बेल्जियमका फरवार्ड डिसेम्बर १८ को खेलबाट बाहिर भएका छन् उनको दाहिने खुट्टामा माइक्रोफ्रेक्चरको कारण उनले उक्त खेल गुमाउने छन्।

म्याड्रिडले बिहीबार एक मेडिकल स्टेटमेन्ट जारी गर्‍यो। क्लबले सुरुमा उनलाई केवल सानो चोटपटक लागेको बताएका थिए भने , हाल उनको माइक्रोफ्रेक्चर भएको बताए पछि उनको अपेक्षित मैदान फर्किने समय १० दिनबाट बढेर एक महिना सम्म बढेको छ।

ह्याजार्ड पिएसजी बिरूद्ध चैम्पियन्स लिगको खेलमा चोटग्रस्त हुन पुगेका थिए।