एडन ह्याजार्डको निराशाजनक डेब्यू सीजन

एडन ह्याजार्डले स्पेनमा आफ्नो पहिलो सिजन ला लिगा च्याम्पियनको रूपमा समाप्त गरे, तर रियल म्याड्रिडसँगको उनको पहिलो अभियान उनले चाहेको जस्तो व्यक्तिगत रुपमा सफल हुन सकेन।

च्याम्पियन्स लिगबाट पनि चाडैं नकआउट भएको लस ब्ल्यान्कोसको वरिपरि आलोचना भएको छ र बेल्जियमका स्टारमा पनि केहि आलोचना आएको देखिन्छ। रियाल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोको प्रस्थान पछिको पहिलो ठुलो खेलाडीको आगमन ह्याजार्डको रहेको थियो रियलले उनको लागि १०० मिलियन युरो तिरेका थिए।

तर उनले सीजन केवल एक गोल र सात सहयोगका साथ सिजन समाप्त गरे जुन एक खेलाडीको लागि निराशाजनक आंकडा हो जसले २०१८/१९मा चेल्सीसँग २१ गोल र १७ असिस्ट गरे। चोटपटकले पनि उनको सिजनमा असर गरेको थियो, उनलाई ब्याकअप खेलाडीको रूपमा पनि प्रयोग गर्न रियललाई गार्हो पर्यो।

सिजनको सुरुमै उनि चोटग्रस्त भए पाची जिदानले नयाँ नम्बर ७ बिना सुरु गर्न पर्यो। २९ बर्सका स्टारको सम्झौता २०२४ सम्म छ, र उनलाई आफ्नो योग्यता प्रमाणित गर्न अझै प्रशस्त समय छ।