एडन हजार्ड सहित १० खेलाडीहरू बेच्ने रियल म्याड्रिडको योजना

रियल म्याड्रिडका बोर्ड सदस्यहरू यो सिजन रियलको प्रदर्शनबाट खुसी नरहेको खबर छ। हाल खबर अनुसार रियल अर्को सिजनको लागि आफ्नो टिम पूर्ण निर्माण गर्न इच्छुक छ र सो कुरा सफल गर्न रियलले आफ्नो १० खेलाडीहरू सम्म अफ लोड गर्ने योजना बनाएको छ।

यो सिजनको अन्त्य पछि जिदानले रियल छोड्ने हल्ला छ र नयाँ कोचको साथ नयाँ टिम बनाउनेमा रियल केन्द्रित हुने खबर छ। रियलको टिम पूर्ण निर्माण गर्न रियलले आफ्नो १० खेलाडीहरू सम्म बेच्न सक्ने जानकारी छ।

उक्त १० खेलाडीहरू मध्ये एडन हजार्ड पनि पर्ने खबर छ। उनी चेल्सीबाट रियलमा ठुलो ट्रान्सफरमा आएका थिए तर उनको खेल सोचे अनुरूपको हुन नसके पछि रियलले उनलाई बेच्ने निर्णय गर्ने खबर छ।

राफाएल भरान पनि क्लब छोड्न नजिक रहेको जानकारी छ र ग्यारेथ बेल, इस्को, मार्को एसेन्सिओलाई पनि रियल बेच्न तयार हुने जानकारी छ। मार्सेलो, लुका जोभिक ब्राहिम डियाज र बोर्जा मायोराललाई पनि रियलले बेच्नेको लागि ट्रान्सफर सुचीमा राखेको खबर छ।

सर्जियो रामोसको रियल सँग सम्झौता अन्त्य हुने क्रममा रहेको छ र सिजनको अन्त्य पछि उनले पनि क्लब छोड्ने खबर छ। यसको मतलब रियलले आफ्नो १० खेलाडीहरूलाई क्लबबाट अफ लोड गर्ने छ र नयाँ खेलाडीमा रियलले लगानी गर्ने पनि खबर छ भने रियलको मुख्य प्राथमिकता एम्बाप्पे हुने छ।