एडन हजार्ड फेरी पनि चोट ग्रसित

रियल म्याड्रिडका स्टार एडन हजार्ड फेरी पनि चोट ग्रसित भएको रियलले पुष्टि गरेको छ। चेल्सीबाट रियल आए पछि उनी लगातार चोटबाट सङ्घर्ष गर्दै छन् भने उनले धेरै खेल्न पाएका छैनन्।

हालै मात्र चोटबाट फर्केका हजार्ड फेरी चोट ग्रसित भएको जानकारी छ र उनी ४ देखि ६ हप्ता सम्म मैदान बाहिर हुन सक्ने खबर छ। हजार्डले सप्ताहान्तमा १५ मिनेटको खेल समय प्राप्त गरेका थिए – जनवरी पछि उनको सो पहिलो फुटबल खेल समय थियो।

हाल उनी फेरी चोट ग्रसित भएका छन् र आउँदो खेलहरू उनले गुमाउने छन्। यो समय उनको मांसपेशीमा चोटको रहेको खुलेको छ।

२०१९मा उनी चेल्सीबाट रियल आएका थिए र उनले क्लबमा रोनाल्डोको खाली ठाउँ भर्न धेरैको विश्वास रहेको थियो भने उनी क्लबमा चोट सँग सङ्घर्ष गर्दै छन् र हाल फेरी उनले खेलहरू गुमाउने भएका छन्।