एट्लेटिको म्याड्रिड र सेल्टा भिगोबिचको खेल बराबरी

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले बराबरी खेलेको छ ।

उसका लागि लुइस स्वारेजले दुई गोल गरे पनि मड्रिडले सेल्टा भिगोमाथि जित निकाल्न पर्याप्त भएन ।

सोमबार राति दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् ।

१३ औं मिनेटमा स्यान्टी मिनाको गोलमार्फत पाहुना टोली सेल्टाले अग्रता बनाको थियो ।

तर, स्वारेजले पहिलो हाफको ४५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

उरुग्वेका सुपरस्टार स्वारेजले ५० औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २–१ गोल अन्तरले अघि बढाएका थिए ।

तर ८९ औं मिनेटमा फाकुण्डो फेरेराले बराबरी गोल फर्काएपछि एट्लेटिको अंक बाँड्न बाध्य भयो ।

एट्लेटिकोका लागि यो बराबरी भनेको उसले लिगमा अहिलेसम्म एउटा खेलमात्र हारेको छ ।

दोस्रो स्थानको बार्सिलोनाभन्दा स्पष्ट ८ अंकको अगाडि छ भने एट्लेटिकोले बार्सिलोना भन्दा एक खेल कम खेलेको छ ।

स्वारेज गत सिजन फ्री ट्रन्सफरमार्फत एट्लेटिको पुगेका हुन् । १६ गोलसहित उनी ला लिगमा सर्बाधिक गोलकर्ता छन् ।