एट्लेटिको म्याड्रिड र बार्सिलोना बिचको खेल बराबरीमा टुंगियो।

एजेन्सी, एट्लेटिको म्याड्रिड र बार्सिलोना बिचको खेल बराबरीमा टुंगिएको छ। नेपाली समय अनुसार शनिबार राति ८ बजे शुरु भएको ला लिगाको उक्त खेल गोल रहितको बराबरीमा टुंगिएको हो।
यो नतिजा सहित बार्सिलोनाले अंक तालिकाको शिर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। एट्लेटिको म्याड्रिड भने अंक तालिकाको शिर्ष स्थानमा यथावात कायम रहेको छ।
खेलमा दुवै पक्षका गोलरक्षकहरुले राम्रो प्रदर्सन गरेका थिए। खेलमा एट्लेटिको म्याड्रिडको तर्फबाट लुइस स्वारेज र बार्सिलोनाको तर्फ बाट एन्टोन गृज्म्यान, डेम्बेले र मेस्सीले गोल गर्ने राम्रो अवसरहरु पाएता पनि त्यसको उपयोग भने गर्न सकेनन्।
एट्लेटिको म्याड्रिडका गोलकिपर यान ओब्लाक र बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्तेगेनका केही उत्कृष्ट सेभका कारण दुवै पक्षले मौकालाई गोलमा परिणत गर्न सकेनन् ।
यस नतिजाले रियल म्याड्रिडलाई भने फाइदा पुर्याएको छ। रियलको नेपाली समय अनुसार मे १० बिहान १२:४५ मा सेभिया सँग खेल रहेकोे छ। उक्त खेल भारी गोल अन्तरले जितेको खण्डमा रियल अंक तालिकाको शिर्ष स्थानमा पुग्न सक्ने छ।
हाल तलिकाको शिर्ष स्थानमा ७७ अंक सहित एट्लेटिको म्याड्रिड रहेको छ भने बार्सिलोना ७५ अंक सहित तालिकाको दोश्रो स्थानमा रहेको छ। रियल म्याड्रिड ७४ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेता पनि रियलले एक खेल खेल्न बाकी नै छ।