एट्लेटिको म्याड्रिड बिल्बाओसंग स्तब्ध

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित भएको छन् ।

आइतबार राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा खेलको आठौं एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ७७ औं मिनेटमा स्टेफान साभिकले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा इनिगो मार्टिनेजले हेड मार्फत गोल गर्दै बिल्बाओलाई २-१ को जित दिलाए ।

बिल्बाओको यस जितसँगै ला लिगाको उपाधि होड खुल्ला भएको छ । यस्तै उपाधि होड रोमान्चक हुने भएको छ ।

ला लिगामा शीर्ष तीन टिमबीचको अंक दुरी मात्र २ अंकको फरक रहेको छ ।

शीर्ष टोलि एट्लेटिकोको ३३ खेलमा ७३ अंक रहेको छ । दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनाको ७१ अंक रहेको छ ।

बिल्बाओ ४१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।