एजेन्सी, ला लिगामा साविक विजेता एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । लेभान्टेसंग एट्लेटिको २-२ गोलको बराबरीमा रोकिएको हो ।
बिहिबार राती भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा ३ अंल जोड्न सकेनन् ।
एट्लेटिकोका लागि खेलको १२ औं मिनेटमा ग्रिज्य्मानले फिलिपको पासमा गोल गर्दै अग्रता दिलाए ।
लेभान्टेले पेनाल्टी मार्फत बराबरी गोल फर्कायो । बार्धिले ३७ औं मिनेटमा प्राप्त गरेको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफको ७६ औं मिनेटमा म्याथियस कुन्हाले एट्लेटिकोलाई पुर्ण अग्रता दिलाएका थिए ।
तर अन्तिक मिनेटमा अर्को पेनाल्टीमा लेभान्टेका बार्धिले बराबरी गोल गर्दै हार तारे ।
यस बराबरीसंगै एट्लेटिको म्याड्रिड तालिकाको छैठौं स्थानमा रहेको छ ।
लेभाम्टे भने रेलिजेशन क्षेत्रमा छ ।